मन्त्रीद्वय त्रिपाठी र भट्टद्वारा बक्यौता दिलाउने प्रतिबद्धता, प्रदर्शन स्थगित गर्न आग्रह

समाचार

12/18/2020

काठमाडौं, ३ पुस । वर्षौंदेखिको बक्यौता भुक्तानीका लागि आन्दोलनरत् उखु किसानहरुको पैसा तत्कालै दिलाउने सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रतिबद्धता जनाएका छन् ।

माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा शुक्रबार मन्त्रीद्वय त्रिपाठी र भट्टले उखु बेचेको पैसा तत्कालै दिलाएर छाड्ने प्रतिबद्धता जनाउँदै आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।

तर किसानहरुले यसपटक भने उधारो सम्झौता नमान्ने बताएका छन् । किसानहरूले भने हातमै पैसा नपाई प्रदर्शन स्थगित नगर्ने जवाफ मन्त्रीद्वयलाई दिएका छन् ।

गतवर्ष पनि आन्दोलन गरेका किसानसँग सरकारले बाँकी रकम तत्कालै भुक्तानी दिने सहमति गरेको थियो । सहमतिअनुसार पैसा नपाएपछि किसानले पुनः आन्दोलन थालेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ