मन्त्री साहद्वारा सामाजिक विकास इकाई सर्लाहीको उदघाटन

समाचार

1/6/2021

सर्लाही, २२ पुस । सामाजिक विकास मन्त्रालयद्वारा भौतिक पुर्वाधारका कार्य गर्न गठित सामाजिक विकास इकाई सर्लाहीको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

सर्लाही र रौतहट गरि दुई जिल्लालाई हेर्ने गरि स्थापित उक्त इकाई कार्यालयको उ्दघाटन समाहरोहमा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेश सभा सदस्य अशोक यादव, गौरिनारायण साह, जसपाका केन्द्रीय सदस्य रामप्रबेश वैठा, अवदुल रहिम मिकरानि, मलङवा नगरपालिकाका प्रमुख निरशल साह, स्वास्थ तालिम केन्द्रका प्रमुख सरोज न्योपाने, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्र, सर्लाहीका प्रमुख जिल्ला अघिकारी लगायतको उपस्थित रहेको थियो ।

जिल्ला समन्वय समितिको सभापति मेथुर चौधरीको अध्यक्षतामा समपन्न कार्यालयको उदघाटन गर्दै प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटित कार्यालयले सामाजिक विकासका पूर्वाधार लगायतका कार्यहरुमा सफलता प्राप्त होस् भन्ने शुभकामना पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ