विराटनगर, २७ पुस । मोरङ जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
रतुवामाई नगरपालिका–३ चौकीघाट बस्ने ७३ वर्षीय प्रेम कुमार श्रेष्ठ र सोही नगरपालिका(५ परेवाखोपी बस्ने ६५ वर्षीय देवी प्रसाद सिलवाललाई करिब ९ सय ५० ग्राम अवैध लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले श्रेष्ठको घरबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा र सिलवालको घरबाट ४ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी, बिराटनगर महानगरपालिका–१० शान्ति चोकबाट करिब ४ ग्राम ५ सय ९० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार साँझ लागूऔषध नियन्त्रण व्यूरो शाखा बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–६ बस्ने २२ वर्षीय धर्मेन्द्र रजक र भारत अररिया पिपराघाट बस्ने २२ वर्षीय मोहम्द अफरोज रहेका छन् ।
यसैगरी उर्लाबारी नगरपालिका–६ स्थित ईभन भ्याली होटलबाट करिब १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित रतुवामाई नगरपालिका–१० बस्ने २७ वर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ्ग गाउँपालिका–३ बस्ने २० वर्षीया कबिता लिम्बलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया