मोरङमा कोरोनाबाट तीनको मृत्यु

समाचार

10/13/2020

विराटनगर, २७ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मोरङमा जिल्लामा थप तीन जनाको मृत्यु भएको छ ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

वृद्धमा दमको पुरानै समस्या रहेको थियो । यस्तै, मोरङको बुढीगंगा गाउँपालिका– २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ