मिर्चैया नगरपालिकामा आजबाट स्कुल खुले

समाचार

9/27/2020

सिरहा, ११ असोज । सिरहाको मिर्चैया नगरपालिकाले आइतबारदेखि नगरका सबै विद्यालय सञ्चालन भएको छ । नगर शिक्षा समितिको बसेको बैठकलेसामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको नगरपालिकाका शिक्षा अधिकृत भरत कुमार बानियाले जानकारी दिए ।

विद्यालय प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउने निर्णय समितिले गरेको छ । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने सिफ्टमा सञ्चालन गर्ने र एउटा डेस्कमा दुई जना विद्यार्थी मात्र राख्नुपर्नेछ ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको पाठ्यक्रम समायोजन ढाँजा २०७७ लाई मध्यनजर राख्दै पठनपाठन गर्न र विद्यार्थीलाई गृहकार्य दिने र मूल्यांकन गर्ने गर्नुपर्ने समेत समिचिदे भनेको छ ।

लकडाउन अवधि वैशाखदेखि भदौसम्म कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने नगर शिक्षा समितिको निर्णय छ ।

शिक्षा समितिको बैठकले कुनै समुदायको घर परिवार कोरोनाबाट संक्रमित भएमा बालबालिकालाई विद्यालयमा नआउन जानकारी गराउने निर्णय गरेको छ । कोरोना संक्रमणबाट जोगिन भएको बन्दाबन्दीका कारण पछिल्लो ६ महिना यता मुलुकभरकै विद्यालय बन्द रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ