नेपालगञ्ज, ८ भाद्र । दानवीर एवं समाजसेवी स्व. औतारदेई कशौधन (चौधराइन)को १० स्मृति दिवसमा माल्याअर्पण गरिएको छ ।
नेपालगञ्जमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो करोडौंको सम्पति दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको स्मृती दिवस मनाइदै आइएको छ ।
कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै भेला लगायतका भव्य कार्यक्रम नगरिएपनि भेरी अञ्चल अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण गर्दै योगदानको बारेमा चर्चा गरिएको हो ।
उनको योगदानको स्मरण गर्दै भेरी अस्पताल विकास समितिले स्मृति दिवस गरेको हो । विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो ।
स्व. चौधराईनले स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अस्पताल, नारायण मावि, जिल्ला जनस्वास्थय कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं पुर्वमन्त्री मो इस्तियाक राईले औतारदेइको योगदानको अभिलेखीकरणसँगै सम्पतीको संरक्षण र सम्वद्र्धन गर्नु पर्ने दायीत्व हामी सबैको हुनु पर्ने आवश्यक्ता औल्याए ।
सांसद समेत रहेका राइले चौधराइनले देखाएको सेवाभाव र सत्मार्गमा लाग्न पनि अपील गरे । अष्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको सभापतित्वमा भएको कार्यक्रममा अष्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापा, चौधराईनका भतिजा एवं प्रष्ठिानका कोषाध्यक्ष राधेश्याम वैश्यले औतारदेईले शिक्षा, स्वास्थ्य र समाज सेवामा पु¥याएको योगदान चर्चा गरेका थिए ।
यसैबीच राई लगायत चिकित्सकको टोलीले अष्पतालमा निर्माण गर्न लागिएको आइसोलेशन वार्डको समेत अवलोकन गरेको थियो ।
तपाईको प्रतिक्रिया