वीरगन्ज, २७ माघ । स्थानीय तहका पदाधिकारीहरुसँग मुस्लिम समुदायको हकहितको संरक्षण सम्बर्द्धनका लागि सशक्तिकरण विषयक अन्तरक्रिया तथा मुस्लिम अगुवा भेला कार्यक्रम सम्पन्न भएको छ ।
मुस्लिम आयोग ललीतपुरको आयोजनामा भएको कार्यक्रमलाई आयोगका केन्द्रीय अध्यक्ष शमिम अन्सारीले मुस्लिमको हकहित र अधिकारका लागि जोडदार माग गरेका छन् ।
सरकारी तथा निजामती पेशाको उच्च ओहदा पदमा मुस्लिम पुरुष र महिलाहरुलाई जागिरमा बहाली हुनुपर्ने, प्रत्येक वडा समितिहरुमा संख्यात्मक रुपमा नभए कम्ती एक जना मुस्लिम सदस्यहरु हुनु पर्ने अन्सारीले बताएका छन् ।
नेपालभरिमा रहेका मस्जिद र मदरसाहरुमा पाउने सुविधा हालसम्म नेपाल सरकारले दिन नसकेको उनले जानकारी गराएका थिए ।
नेपाल सरकारले मुस्लिमको अधिकार पूर्णरुपमा कार्यान्वयन नगरुन्जेलसम्म मुस्लिम आयोगले चरणबद्ध रुपमा माग प्रक्रियाहरु अगाडि बढाउने अध्यक्ष अन्सारीले बताएका थिए ।
मुस्लिम अधिकारको लडाइमा सम्पूर्ण मुस्लिम अगुवाहरुलाई अग्रसर भई आगाडि बढ्ने आह्वान गरेका हुन् ।
वीरगंजस्थित जिल्ला समन्व्य समितिको सभाहलमा सम्पन्न कार्याक्रममा जिल्ला समन्व्य समितिका अध्यक्ष नेक महम्द मियाँ, मुस्लिम आयोगका केन्द्रीय अध्यक्ष समीम अन्सारी, पूर्वराज्यमन्त्री करिमा बेगम, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ग, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजेन्द्र खड्का गाउँपालिका अध्यक्ष जालिम मियाँ लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया