महोत्तरी, २५ मंसिर । महोत्तरीको मनरसिसवामा बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघ तथा एपीएफ अस्पतालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा १६३ जना महिला र १४१ जना पुरुष गरी जम्मा ३०४ जनाले स्वास्थ्य सम्बन्धी सेवा लिएका थिए ।
सोही कार्यक्रममा बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रलाई सशस्त्र प्रहरीले स्वास्थ्य सामग्री समेत उक्त वडाका वडाध्यक्ष बलिराम रायलाई हस्तान्तरण गरेका थिए ।
तपाईको प्रतिक्रिया