काठमाडौं, २७ पुस । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतमा कोभिड(१९ को खोप उत्पादन गरिरहेको सेरम इस्टिच्युटका महाप्रवन्धक प्रसेन अद्यासँग कुराकानी गरेका छन् ।
कुराकानीको क्रममा सेरमले उत्पादन गरेको कोभिशिल्ड भ्याक्सिन नेपाललका लागि उपलब्ध गराउने विषयमा कुराकानी गरेको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
भेटमा नेपालले सो कम्पनीले उत्पादन गरेको खोप किन्ने सम्बन्धमा छलफल भएको थियो ।
नेपालले भारतलाई खोप किन्नको लागि सहजीकरण गर्न आग्रह गरिरहेको छ । नेपालले भने सिधै कम्पनी भन्दा पनि सरकार—सरकारविच अर्थात जि टु जी प्रक्रिया मार्फत खोप किन्न चाहेको छ ।
तीन दिन पहिला भारतको अर्काे खोप उत्पादक बायोटेकका कार्यकारी निर्देशक कृष्ण मोहनसँग पनि आचार्यले कुराकानी गरेका थिए ।
तपाईको प्रतिक्रिया