राजदूत आचार्य र भारतीय सेना प्रमुख नरवणेबीच भेटवार्ता

समाचार

12/25/2020

काठमाडौं, १० पुस । भारतका लागि नेपाली राजदूत निलम्बर आचार्य र भारतका थलसेना प्रमुख मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ ।

भेटको विषयमा भारतीय सेनाले आफ्नो ट्वीटरमार्फत जानकारी गराएको हो ।

ट्वीटमा प्रतिक्रिया जनाउँदै राजदूत आचार्यले पनि भारतीय सेनाध्यक्ष नरवणेसँगको भेट राम्रो र सुखद रहेको प्रतिक्रिया दिएका छन् ।

भेटकाक्रममा बहुपक्षीय हितका विषयमा कुराकानी भएको भारतीय सेनाले जनाएको छ । भेटमा भारतीय सेनामा कार्यरत तथा सेना निवृत गोर्खा सैनिकहरुको बारेमा समेत कुराकानी भएको जनाइएको छ ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिन हालै नेपाल आएका नरवणेको त्यसयता नेपाली अधिकारीहरुसँग भएको यो पहिलो भेट हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ