रौतहटमा ३ सय बेडको आइसोलेशन सञ्चालन

समाचार

8/23/2020

रौतहट, ७ भाद्र । रौतहटमा तीन सय बेड क्षमताको सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा आएको छ । देवाही गोनाही नगरपालिका धरहरीस्थित जयकिसान पोलिटेक्निकल क्याम्पसको भवनमा शनिबारदेखि तीन सय शैय्याको आइसोलेशन सञ्चालनमा आएको हो ।

जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या बढदै गएपछि जिल्ला संकट व्यवस्थापन समितिको निर्णयले १८ वटै स्थानीय तहसँग तत्काल ५ लाख रुपैयाँ माग गरेको थियो ।

माग अनुसार १८ मध्ये कटहरिया, बौधिमाई, गढिमाई, गौरलगायत ७ स्थानीयतहले सनिवार शुक्रबार सम्म जिल्ला अस्पताल विकास समितिको खातामा जम्मा गरेपछि आईसोलेसन सञ्चालन भएको हो ।

आइसोलेसनमा बस्ने बिरामीको एकजना मेडिकल अधिकृतको मातहतमा ४ जनाको टोलीले उपचार गर्नेछ । त्यसैगरी प्रदेश २ को सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउन लागेको पिसिआर जाँच मेसिन अगामी दुई साताभित्र सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ