रौतहट, १७ मंसिर । रौतहट जिल्लाको ईशनाथ नगरपालिका ६ पल्लुवा स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले करीव दुई लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश ध्युराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको एपीएफ टोलीले मंसीर १७ गते करीव एक लाख २६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा भाडावर्तन बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित ईनर्वा सीमा ईलाकाबाट बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया