रौतहट, १५ भाद्र । सर्लाहीमा जारी निषेधाज्ञा भदौ २१ गतेसम्मका लागि थपिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’को बैठकले निषेधाज्ञाको समय भदौ २१ गतेसम्म थप गरिएको जनाएको छ ।
समुदाय स्तरमै संक्रमण फैलिसकेकोले थप संक्रमण हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम जारी निषेधाज्ञा भदौ २१ गते राती १२ बजेसम्मका लागि निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । सर्लाहीमा साउन २६ गतेदेखि निषेधाज्ञा जारी छ ।
यता रौतहटमा गत साउन २४ गतेदेखि सुरु भएको निषेधाज्ञा पुनः १ हप्ताका लागि थपिएको छ ।
कोरोना संकट नटरेको भन्दै अगामी भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया