राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ लोकार्पण

समाचार

11/9/2020

काठमाडौं, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१औ ंजन्मजयन्ती तथा दुईवर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरेकी छन् ।

सोमबार राष्ट्रपति भण्डारीले नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा उक्त पुस्तकको लोकार्पण गरेकी छन् ।

हाम्रा नेपाली मित्रहरुसँग गान्धी शिक्षाका मूल्यमान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो ।

यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ । गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ ।

यस प्रकाशनले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ जसका जीवन तथा आदर्श सदा अमर र आज पनि उत्तिकै सान्दर्भिक छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ