लागूऔषधसहित एक जना पक्राउ

समाचार

9/27/2020

सर्लाही, ११ असोज । जिल्लाको मलंगवा नगरपालिका ५ स्थित भाटसार ईलाकाबाट आइतबार एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका २ बस्ने ३० वर्षिय दिने पासवान छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ