बाँके, १९ माघ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ३३ पत्ता र गाँजा ५० ग्रामसहित सोही नगरपालिका ३ बस्ने २२ बर्षिय कौशल हरिजनलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको एपीएफ टोलीले निज हरिजनलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज हरिजनलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया