वीरगञ्ज, ६ कात्तिक । लागुऔषधसहित बाराबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका ८ बस्ने २७ वर्षका हरि राम रहेका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित तराई धर्मकट्टा अगाडि वीरगञ्ज पथलैया सडक खण्डमा इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाट जाँदै गरेको ना ६ ख ८९३८ नम्बरको यात्रुबाहक बसमा सवार रामको साथबाट लागुऔषध बरामद गरेको हो ।
उनको साथबाट नाईट्राभेट टयाब्लेट १५ सय पिस, नुफिन फेनारगन ८ सय ५० पिस र डाईजेपाम ८ सय ५० पिस गरी २ हजार ५ सय ५० एम्पुल लागूऔषध बरामद गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका रामलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको मिश्रले बताए ।
तपाईको प्रतिक्रिया