लिम्पियाधुरामा थपिँदै भारतीय फौज

समाचार

10/8/2020

काठमाडौं, २२ असोज । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सुरक्षा फौज थपेको छ ।

त्यस ठाउँमा भारतीय चार सुरक्षा निकायका आधुनिक हतियारसहित ११ क्याम्प राखिएका छन् । त्यहाँ भारतीय सेना, सीमा सुरक्षा बल (एसएसबी), भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) पहिल्यैदेखि तैनाथ छन् । पछिल्लो समय गोर्खा सैनिक पनि खटाइएका छन् । नाकामा एसएसबीका १९ पोस्ट छन् ।

भारतीय सञ्चारमाध्यम ‘अमर उजाला’ले लिपुलेक क्षेत्रमा भारतीय सुरक्षा फौज थप गर्नेदेखि सैनिक क्याम्प र ब्यारेक सुधारका काम भइरहेको समाचार दिएको छ ।

उक्त पत्रिकाका अनुसार नाभीडाङ र लिपुलेकबीच सुरक्षा फौजको पुरानो मोर्चा सुधार गर्न लागिएको हो । चीनतर्फको सुरक्षा संवेदनशीलतालाई आधार बनाएर उक्त क्षेत्रमा भारतीय सुरक्षा फौज विस्तार गरिएको हो ।

उक्त क्षेत्रमा नाइटभिजन हेलिकप्टरबाट निगरानीसमेत गर्ने गरिएको छ । लडाकु विमानसमेत देखिने गरेको व्यासका बासिन्दाले बताउँदै आएका छन् । कालापानी र नाभीडाङमा सुरक्षा फौज मात्रै बसेका छन् भने गुञ्जी, नाभी र कुटीमा स्थानीय बासिन्दाकै हाराहारीमा सुरक्षा फौज तैनाथ छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ