विद्युत सर्ट भएर आगलागी हुँदा वृद्धको मृत्यु

समाचार

12/18/2020

राजविराज, ३ पुस । सप्तरीको राजविराज–१६ मा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ ।

बोरिया निवासी ८५ वर्षीय झलाही यादव गोठमा सुतिरहेको बेला विद्युत सर्ट भई आगलागी हुँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब ४ बजेतिर भएको आगलागीमा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ