महोत्तरी, २१ पुस । जिल्लाको लक्ष्मीनाराण माध्यमिक विद्यालय सिमरदहीमा नव निर्मित विद्यालय भवनको एक समारोहबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख प्रतिभा कुमारी साहले संयुक्त रुपमा उद्धाटन गरेका छन् ।
चार कोठे पक्की भवन र दुई कोठे ब्लक गरी ६ (छौ) कोठे रहेको सो विद्यालय भवन करीव ५० पचास लाखको लागतमा निर्माण भएको सो विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै मेयर मण्डलले शिक्षा आजको सबैको आवश्यकता रहेकोले यसतर्फ सबैको ध्यान जानुपर्ने कुरा बताए ।
विद्यालयका प्र.अ. राजकिशोर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख प्रतिभा कुमारी साह, मटिहानी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैन, चन्देश्वर साह लगायतका वक्ताहरुले शिक्षाको महत्व वारे प्रकाश पारेका थिए ।
तपाईको प्रतिक्रिया