विपन्नलाई कम्मल वितरण

समाचार

12/25/2020

रौतहट, १० पुस । सशस्त्र प्रहरी परिवार महिला संघले रौतहटको चन्द्रपुर–१ स्थित जुडिबेलाका दलित, विपन्न परिवारलाई कम्मल, झुल र सल वितरण गरेको छ ।

जुडिबेलाका २ सय २३ परिवारलाई संघकी अध्यक्ष सरिता कँडेल खनालले कम्मल, झुल र सल वितरण गरेकी हुन् । यस गाउँमा मुसहर समुदायको बसोबास छ । जाडोमा विपन्नको जीवन झन् कष्टकर हुने भएकाले न्यायो कम्मल दिएको अध्यक्ष कँडेलले बताईन् । जाडो र सितलहरका कारण तराईमा कतिको ज्यानै जाने गरेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ