विभिन्न सामानसहित तीन चिनियाँ पक्राउ

समाचार

11/13/2020

काठमाडौं, २८ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबाईको उडानद्वारा दुबई जान लागेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

लिआओ वेइझीलगायत ३ जना चिनियाँ नागरिकहरुलाई अबैध रुपमा लैजान लागेको ४५ सेट विभिन्न कम्पनीका मोबाईल, ४ सय ८३ पिस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटरसहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सुरक्षा जाँचको क्रममा उनीहरुलाई उक्त सामानहरूसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामान सहित थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ