वीरगञ्ज, १६ असोज । पर्साको ठोरी गाउँपालिकाले सामुदायिक विद्यालय सञ्चालनका लागि तयारी थालेको छ । विद्यालय सञ्चालनअघि पालिकाभित्र रहेका २१ वटै विद्यालयहरुको अनुगमन गरिएको छ ।
विद्यालयहरुमा सेनिटाइजेसन गर्ने काम भइरहेको छ । कोभिड–१९ महामारीको समयमा बाहिरबाट आएकाहरुलाई ६ वटा विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको थियो ।
७ सदस्यीय अनुगमन टोलीले गाउँपालिका प्रमुख पिएल श्रेष्ठलाई अनुगमन प्रतिवेदन समेत बुझाइसकेको छ ।
विद्यालयहरुको पछिल्लो अवस्था र कोभिड– १९ को महामारीमा कसरी विद्यालय सञ्चालन गर्ने भन्ने बारेमा अनुगमन टोलीले अध्ययन प्रतिवदेनमा समेटेको छ ।
तपाईको प्रतिक्रिया