पर्सा, ८ मंसिर । तीन दिन लगातार संक्रमित फेला नपरेको वीरगञ्जस्थित नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पर्सा, बारा र रौतहटका भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए । पछिल्लो पटक ९६ जनाको स्वाब परीक्षण गर्दा १७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता डा. चौरसियाले बताए ।
मंसिर ३ गते भने पर्साका १२ र बाराका २ गरी १४ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । त्यस यता मंसिर ४, ५ र ६ गते कुनै संक्रमित फेला परेको थिएन ।
तपाईको प्रतिक्रिया