वीरगञ्जमा परीक्षा हलको शिलान्यास

समाचार

12/18/2020

वीरगञ्ज, ३ पुस । वीरगञ्ज–१४ चिनीमील आवासक्षेत्रस्थित सिद्धार्थ माविमा ३ करोड ५० लाख रुपैयाँको लागतमा परीक्षा हल बनाइने भएको छ ।

राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा बनाउन लागिएको परीक्षा हलको बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र संघाईले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।

१० हजार ६ सय स्क्वायर फिट परीक्षा हलमा एकै पटकमा १ हजार जनालाई राखेर परीक्षा लिन सकिने विद्यालयका प्रधानाध्यापक राजेश पाण्डेले जानकारी दिए । सोही योजना मार्फत छुट्टै शौचालय र भान्छाघर पनि बन्ने उनले बताए ।

शिलान्यास गरिएको परीक्षा हल बनिसकेपछि विद्यालयको पूरानो भवन भत्काएर खेल मैदान बनाउने तयारी छ । विद्यालयको आयस्रोत बढाउन वीरगञ्ज–पथलैया सडकखण्ड तर्फ सटर बनाएर भाडामा लगाउने योजना छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ