वीरगन्जका मेयर सरावगी कोरोना मुक्त

समाचार

8/24/2020

वीरगन्ज, ८ भाद्र । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । मेयर सरावगीले संक्रमण पुष्टि भएको २५ दिनपछि कोरोनालाई जितेका हुन् ।

मेयर सरावगीको आइतबार नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको हो । उनी २५ दिन केही दिन काठमाडौं र केही दिन वीरगन्जमा होम आइसोलेसनमा थिए ।

वीरगन्जकै विभिन्न गाउँमा राहत वितरणका लागि पुग्दा मेयर सरावगी संक्रमित भएको खुलेको थियो ।

उनी संक्रमित भएपछि उनको सम्पर्कमा आएका उनका बुवा, आमा पत्नी, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, सामाजिक विकास महाशाखा प्रमुख तथा गुनासो अधिकारी र चार वटा वडाका अध्यक्षहरू संक्रमित भएका थिए ।

यसैबीच मेयर सरावगीले आफू र आफ्ना परिवारका सदस्य कोरोनाबाट मुक्त भए पनि बाबुको स्वास्थ्यमा सुधार नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ