वीरगन्जमा ६५ केजी चाँदीका गहना बरामद

समाचार

12/16/2020

वीरगन्ज, १ पुस । पर्सामा प्रहरीले ६५ केजी चाँदीका गरगहना बरामद गरेको छ ।

प्रहरीले भन्सार छली ल्याएर लुकाइछिपाई राखेको करिब ६५ केजी चाँदीका गहना बरामद गरेको हो ।

वीरगन्ज महानगरपालिका–६ स्थित सुनिता कुमारी सरार्फको जय नरसिंह ज्वेलर्समा चाँदीका गहनाहरु लुकाइ राखेको भन्ने सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

प्रहरीले ज्वेलर्सको पछाडिको कोठा र कोठाको फल्स वालभित्र लुकाई राखेको अवस्थामा गहनाहरू फेला पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ