वीरगन्ज, १४ भाद्र । वीरगन्जमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ४७ जना पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१÷१ जना छन् ।
पर्साको पोखरियामा मात्रै १२ जनामा संक्रमण देखिएको छ भने बाँकी वीरगञ्ज महानगरपालिकाका संक्रमित छन् ।
बाराको विश्रामपुर गाउँपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका–२ जना र कलैया उपमहानगरपालिकाका विभिन्न वडामा संक्रमित भेटिएका छन् । संक्रमितमध्ये २ जनाको उमेर खुलाइएको छैन ।
पर्सामा यसअघि ४ सय ६३ जना महिलासहित २ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ६ सय ४७ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।
पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । ७० बेडको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा १९ जना महिला सहित ५० जना उपचाररत छन् । जसमध्ये ९ जना आइसियूमा छन् ।
तपाईको प्रतिक्रिया