वीरगन्ज, १४ भाद्र । कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगन्जमा मृत्यु भएको छ ।
गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
पुरानो मधुमेहका रोगी उनमा कडा कोभिड निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
खोकी र दमले श्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणीमा अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
तपाईको प्रतिक्रिया