विराटनगर, ८ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जाँचका लागि विराटनगर महानगरपालिकाले आफ्नै पीसीआर मेसिन किनेको छ ।
सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।
यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिए ।
महानगरसँग प्रविधिक जनशक्ति नभएका कारण सञ्चालनको जिम्मा कोशीलाई दिएको उनले बताए । महानगरपालिकाले निजी क्षेत्रको सहयोगमा मेसिन खरिद गरेको छ ।
मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रबाट ६० लाख रुपैयाँको प्रतिवद्धता आएको मेयर पराजुलीले बताए । उनले आफ्नो एक वर्षको सुविधा पनि यही काममा खर्चने बताएका छन् ।
तपाईको प्रतिक्रिया