शुद्धोधनमा मनाइयो बालिका दिवस

समाचार

10/11/2020

कपिलवस्तु, २५ असोज । मेरो आवाज, हाम्रो भविष्य बराबरी होस् भन्ने नाराका साथ ९औं अन्तर्राष्ट्रिय बालिका दिवस शुद्धोधन गाउँपालिकाको लवनीमा मनाइएको छ ।

गाउँपालिकास्तरीय किशोरी संजालको आयोजनामा मनाइएको कार्यक्रममा परम्परागत नकरात्मक धारणा विरुद्धका लागि बालिका अधिकार सम्बन्धी अन्तरक्रिया गोष्ठि गरि दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले बालिकाको हकहित र चौतर्फी विकासमा गाउँपालिकाले निरन्तर रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि बालिकाको विकासका लागि सधैं लाग्ने बताए ।

संजालकी अध्यक्ष शेषकला पाण्डेको अध्यक्षता र संचालनमा रेनु मौर्या सम्पन्न कार्यक्रममा वडा नं १ का अध्यक्ष तिलकराम यादव, २ नं का अध्यक्ष मनोज कुमार यादव वडा नं ३ का अध्यक्ष महिबुद्धिन मुसलमान स्वास्थ्य संयोजक अस्फाक अहमद खां , कालिका संस्थाकी कार्यक्रम संयोजक शान्ता पौडेल लगायतले दिवसको महत्व र वालिकाको हक अधिकारको बालेमा बोलेका थिए ।

गाउँपालिकाको समन्यव र एम्पलिफाई चेन्ज कालिका स्वावलम्वन सामाजिक विकास केन्द्रको आयोजनाका कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ