कैलाली, २८ फागुन । घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित सडकमा बा.१४ च ७४२२ नम्बरको स्कारपिओको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० पहलमानपुर बस्ने १६ वर्षीया पुर्णिमा चौधरीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात थप उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
घाइते भएका अर्का पदैलयात्री सोही नगरपालिका–११ भलुवा बस्ने १५ वर्षीय गणेश रावलको सोही कलेजमा उपचार भइरहेको छ । स्कारपिओ चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया