सात जना मन्त्रीद्वारा सामूहिक राजीनामा

समाचार

12/20/2020

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको संसद विघटन प्रस्तावलाई रोक्न अधिकतम् प्रयास गरेको भन्दै प्रधानमन्त्रीद्वारा चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै ओलीइतरका सात जना मन्त्री सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले संयुक्तरुपमा राजीनामा गरेका छन् ।

राजीनामा पत्रमा ‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं ।’ भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ