सप्तकोशी नगरपालिकाका कार्यालय बन्द

समाचार

10/29/2020

सप्तरी, १३ कार्तिक । कोरोना भाइरसको संक्रमणका कारण सप्तरीको सप्तकोशी नगरपालिकाले एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गर्नाका साथै वडा नम्बर १० र ११ लाई पूर्ण रुपमा लकडाउन तथा सिल गरेको छ ।

नगर प्रमुख उत्तमकुमार शर्माले सूचना प्रकाशन गरी कात्तिक १८ गतेसम्मका लागि नगरपालिकाका कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गरिएको जनाएका छन् ।

सप्तकोशी–१० का ६८ वर्षीय वडाध्यक्ष र नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि एक हप्ताका लागि अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरिएको नगर प्रमुख शर्माले जानकारी दिए ।

नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ