राजविराज, १६ कार्तिक । सप्तरीको कञ्चनरूप नगरपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । नगर प्रमुख बसन्तकुमार मिश्रले उद्घाटन गरे । कञ्चनरूप नगरपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पताल निर्माण गरिएको हो ।
अस्पताल निर्माणका लागि नेपाल सरकारले १० लाख रूपैयाँको सहयोग गरेको तथा आवश्यक सामग्री खरिद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरी पाँच बेडको कोभिड अस्पताल स्थापना गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए । कोभिड अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एकजना कार्यालय सहयोगी रहने छन् ।
कोभिड–१९ को संक्रमण बढ्न थालेपछि नेपाल सरकारले प्रत्येक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न दिएको निर्देशन अनुसार यस अघि नगरपालिकाको विभिन्न वडामा क्वारेन्टाइन बनाएको थियो भने एउटा आइसोलेशन केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।
तपाईको प्रतिक्रिया