सप्तरी, ३० भाद्र । सप्तरी जिल्लामा लामो समयदेखि जारी रहेको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालयले हटाएको छ ।
सोमबार बसेको जिल्ला प्रशासन कार्यालयको बैठकले मंगलबारबाट निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।
निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्ने र दैनिक ज्यालादारी गर्ने मजदूरहरुले पनि राहत पाउने भएका छन् । जिल्लाका सम्पूर्ण कार्यालयहरुको कामकाज पनि शुरु गर्ने भएको छ ।
नागरिकता र नागरिकताको प्रतिलिपी वितरणबाहेकका सबै कामकाज शुरु हुन लागेको हो । मन्त्रिपरिषदको साउन २६ गतेको बैठकबाट भएको निर्णय र जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको निर्णयको आधारमा कार्यालय सन्चालनमा आउन लागेको हो ।
सेवा र कार्यहरु स्वास्थ्य सतर्कता एवं मापदण्ड पालना गरी सुचारु गरिने भएको छ । यसैगरी भीडभाड हुन नदिने निर्णयसमेत गरिएको हो ।
अब सार्वजनिक यातायात, सैलुन ब्युटीपार्लन, हाट बजार, जिमखाना, कभर्डहल मात्र बन्द रहनेछन् । अन्य धेरैजसो व्यवसाय र जिल्लाभित्र निजी सार्वजनिक सवारी साधन र सिटी रिक्सा सञ्चालन गर्न पाइने भएको छ ।
तपाईको प्रतिक्रिया