सप्तरीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच झडप

समाचार

12/10/2020

राजविराज, २५ मंसिर । सप्तरीको तिलाठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नै झडप भएको छ । सादा पोशाकमा रहेका दुई संगठनका जवानबीच झडप भएको हो ।

तिलाठी–कुनौली नाका अन्तर्गत खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिकै सादा पोसाकमा रहेका दुई संगठनका जवानबीच झडप भएको हो ।

भारतबाट नेपाल आइरहेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको विवाद बढ्दै जाँदा कुटपिट नै भएको हो । सदरमुकाम राजविराजबाट सादा पोसाकमा गएको नेपाल प्रहरीको टोली सशस्त्रको चेकजाँचस्थल नजिक भारतबाट आउँदै गरेकाहरुलाई चेक गर्न थालेपछि दुवै सुरक्षा निकायबीच भनाभन सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ