सामुदायिक विद्यालयमा मास्क र सेनिटाइजर वितरण गर्दै जसपा सांसद यादव

समाचार

11/4/2020

वीरगन्ज, १९ कार्तिक । सुरक्षित पठन पाठनका लागि सामुदायिक विद्यालयहरूमा मास्क र सेनिटाईजर वितरण कार्य जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सुरु गरेका छन् ।

पर्सा जिल्लाको वीरगजका आंशिक रुपमा विद्यालयहरु संचालनमा आउना साथ सतर्कता पनि अपनाउन बढी आवश्यक भएकोले सांसद यादवले पर्सा निर्वाचन क्षेत्र न.१ वीरगंज बजार क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा बुधबारबाट मास्क र सेनिटाईजर वितरण सुरू गरेको जनाएका छन् ।

सांसद यादवका अनुसार पहिलो चरणमा श्री माईस्थान विद्यापीठ मा.वि., श्री सुन्दरमल राम कुमार कन्या विद्यालय, श्री त्रिजुद्ध उच्च मा.वि., श्री ने.रा.उच्च. मा.वि. श्रीपुर, श्री त्रिभुवन हनुमान मा.वि.मा अनुगमनका साथै प्रत्येक विधार्थीलाई पुग्ने गरी चार हजार मास्क र सेनिटाईजर समेत वितरण गरेका छन् ।

दोस्रो चरणमा बाँकी रहेका विद्यायलहरूमा पनि मास्क र सेनिटाइजर वितरण गरिने कार्यक्रम रहेंको उनले जनाए ।

साथै अनुगमनको क्रममा स्कुलका प्राध्यापक र व्यवस्थापन समितिबाट आएको सुझाव र समस्याहरू क्रमबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धतासमेत सांसद यादवले गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ