बारा, २५ मंसिर । लामो समयदेखि छलफल र चर्चाको विषय मात्रै बनेको सिमरा–पोखरा हवाई उडान तत्काल सुुरु गर्न पोखरा र सिमराका पयर्टन व्यवसायीहरुले माग गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरुलाई पोखरासँग सहज ढंगले जोड्ने र तेस्रो मुलुकबाट पोखरा घुम्न आएका पर्यकटकहरुलाई पर्सा राष्ट्रिय निकुञ्जसहित प्रदेश २ को धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पहुँच पु¥याउन हवाई उडान सुरु गर्ने भनिए पनि हालसम्म सञ्चालनमा भने आउन सकेको छैन ।
‘सिमरा पोखरा हवाई उडान छिटोभन्दा छिटो सञ्चालन गर्न हामीले पर्यटनमन्त्रीसँग पटकपटक भनेका छौ, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, आशा गरौं छिट्टै सञ्चालन आउने छ,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत राज पराजुलीले भने, ‘६÷८ महिनाभित्र पोखरावाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न हामीले पहल गरिरहेका छौं । यसैबीचमा सिमरा–पोखरा हवाई उडानलाई पनि पहिलो प्राथमिकता राख्ने छौं ।’
बारा होटल व्यवसायी संघका अध्यक्ष मोहन शर्मा सिमरा–पोखार उडानका लागि स्थानीय तहदेखि मन्त्रालयसम्म पटकपटक छलफल भएर उडान सुरु गर्ने भनिए पनि कोभिड १९ कारण ढिला भएको बताए । ‘भारतीय नाका खुल्नासाथ पोखराका पर्यटन व्यवसायी र बिमान कम्पनिहरु छलफल गरेर तत्काल उडान सुुरु गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘यो उडानले हिमाल र मधेशको सम्बन्ध सुमधुर बनाउँछ। निकुञ्ज र पोखराको फेवाताल घुम्न आउने पर्यटकलाई जोड्ने काम गर्दछ ।’
कोराना महामारीका कारण तेस्रो मुलुकवाट तत्काल पर्यटक आउने वातावरण नभएकाले आन्तरिक र भारतीय पर्यटकमा भर पनुपर्ने अवस्था सिर्जना भएको व्यवसायीहरु बताउँछन् । खुला सिमानाको फाइदा उठाएर नेपालले भारतीय पर्यटकहरुलाई नेपाल घुम्ने आउने वातावरण बनाउन सके भारतीय पर्यटकहरुवाट पर्यटन व्यवसायी फाइदा लिनसक्ने शर्माको भनाइ छ ।
तपाईको प्रतिक्रिया