काठमाडौं, १८ भाद्र । भारतीय सेना अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको छ ।
अन्जाव जिल्लामा उत्तरपश्चिमी सीमामा सेनाको संख्यामा उल्लेख्य वृद्धि गरेपछि त्यहाँ झडपको सम्भावना बढी भएको जनाइएको छ । तर, सेनाले भने नियमित गस्तीकै लागि सेना तैनाथ भएको जनाएको छ ।
यद्पि भारतीय सेनाका प्रवक्ता लिफ्टिनेन्ट कर्णेल हर्ष वर्दन पाण्डेले नियमित रोटेसनका आधारमा सेना त्यहाँ पठाइएको बताइएको छ । उनले भने, “विशेष गरी यो युनिट परिवर्तन गरिएको हो । यो हरेक पटक हुने गर्छ, त्योभन्दा धेरै केही होइन ।’
त्यसैगरी लद्दाखसँग सीमा जोडिएको क्षेत्रमा भएको पछिल्लो भिडन्तमा आफ्ना कुनै पनि सैनिक नमारिएको भारतले दाबी गरेको छ । अप्रिल अन्तिबाट लद्दाखमा सुरु भएको भारत-चीनबीचको तानातानी जुन १५ को राति गलवान भ्यालीमा हिंसात्मक झडपमा परिणत भएको थियो ।
उक्त झडपमा २० भारतीय मारिएका थिए । चीनले भने आफ्ना तर्फबाट भएको मानवीय क्षतिको कुनै विवरण सार्वजनिक गरेको छैन ।
तपाईको प्रतिक्रिया