परासी, २० पुस । नेपाल–भारत सीमाबन्दीको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन भएको छ । कोभिड–१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रदर्शन गरेको हो । कोभिड–१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सीमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको छ ।
महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो । जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिरीको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा १ महेशपुर चोकबाट निकालिएको विरोध ¥यालीमा नाका खोल्न र कोरोनाको भ्याक्सिन उप्लब्ध गराउनुपर्ने लगायतका माग राख्दै नारावाजी गरिएको थियो ।
तपाईको प्रतिक्रिया