काँकडभिट्टा, ५ पुस । स्थानीय व्यवसायीहरुले नेपाल–भारतको सीमा नाका खुलाउन माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
कोरोना संक्रमणका कारण विगत ९ महिनादेखि नाका बन्द हुँदा होटल, ट्राभल र यातायात व्यवसायमा क्षति पुगेको भन्दै स्थानीय व्यवसायीले नाका तत्काल खोल्न चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
‘हवाइ, शिक्षण संस्था, बजार आदि सबै क्षेत्र खुला हुँदा समेत नाका नखोल्दा समस्या भएको छ,’ झापा ट्राभल संघका अध्यक्ष निरबहादुर कार्कीले भने,‘अझै नाका सुचारु नगरि कडा भन्दा कडा आन्दोलन गर्ने छौं ।’ नाका नखुल्दा सीमावर्ती क्षेत्रमा व्यवसाय गर्ने अधिकांश मारमा परेको कार्कीले जनाए ।
नाका खुलाउन माग गर्दै बुधबार भएको शान्तिपूर्ण ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
लगत्तै होटल, यातायात र ट्राभल व्यवसायीहरुको सर्वपक्षीय भेलाले नागरिक स्तरबाट थप आन्दोलन गर्ने निर्णय गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठले जनाए ।
तपाईको प्रतिक्रिया