काठमाडौं, १५ बैशाख । मधेश आन्दोलनका क्रममा नेपाल सरकार वादी भई चलेका १२० जनामाथिको मुद्दा फिर्ता लिइएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले यसलाई राजनीतिक निर्णयसमेत भनेको छ ।
सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
आन्दोलनकारीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ताका लागि जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु लगातार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता र छलफल गर्दै आएका थिए ।
जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरुले प्रधानमन्त्री ओलीसँग सत्ताका लागि होइन, मुद्दाका लागि मात्रै कुरा गरेको प्रमाणित भएको एक नेताले बताए ।
अर्कोतिर जसपाकै उपेन्द्र यादव र डा.बाबुराम भट्टराई ओली सरकारलाई जुनसुकै हालतमा हटाउनुपर्ने अभियानमा लागेका बेला सरकारको यस्तो निर्णय आएको हो । अब उपेन्द्र र बाबुराम समूह धर्मसंकटमा पर्ने देखिन्छ ।



तपाईको प्रतिक्रिया