सरकारसँग चुनाव गराउने क्षमता पनि छैन : कर्ण

समाचार

12/24/2020

काठमाडौं, ९ पुस । जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरेको बताएका छन् ।

काठमाडौमा बुधबार भएको एक कार्यक्रममा उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको दाबी गरे ।

उनले भने, ‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन् । यो रकम काट्न मिल्दैन् । प्रधानमन्त्रीले आफ्नो पद धरापमा प¥यो संसद विघटन गर्नु केटाकेटीको खेल जस्तो भयो ।’

उनले आफ्नो पद धरापमा पर्ने बित्तिकै संसदलाई बलिको बोका बनाउनु संविधान विरोधी भावना रहेको उल्लेख गरे ।

उनले संसद विघटन गैरसंवैधानिक रहेको तर्क पेश गरे । अहिले चुनाव हुनसक्ने अवस्था र स्थिति नै नभएको पनि उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ