सरकार सकारात्मक छ भनेर मात्रै हुँदैन, हाम्रा मागहरु पूरा गरेर देखाउनुपर्‍यो : वरिष्ठ नेता महतो

समाचार

3/10/2021

काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको मागप्रति सरकार सकारात्मक भएर मात्रै नहुने बताउँदै पूरा गरेर देखाउनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकपश्चात् संसद भवनबाट बाहिरिँदै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जसपाको माग जसले पूरा गर्छ, उसलाई नै जसपाले समर्थन गर्ने प्रष्ट्याएका छन् ।

‘सरकारमा जाने हाम्रो प्राथमिकतामा छैन, पहिला हाम्रा मागहरु पूरा हुनुप¥यो । त्यसपछि मात्रै हामीले सरकारमा जाने वा नजानेबारे सोच्छौं ।’ महतोले बताए ।

उनले केपी ओलीले पनि आफूहरुलाई बारम्बार ठगेकोले अब प्रतिबद्धता वा आश्वासनकै भरमा कसैलाई समर्थन गर्ने आफूहरुको प्रष्ट अडान रहेको बताए ।

सांसद रेशमलाल चौधरी लगायतको रिहाइ, मधेश थरुहट आन्दोलनताका लगाइएका मुद्दा मामिला फिर्ता र संविधान संशोधन नै आफूहरु माग रहेको र ती मागहरु आफूहरुले पटक–पटक भन्दै आएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ