सिरहामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

समाचार

11/27/2020

सिरहा, १२ मंसिर । सिरहामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत पदमपुरमा बिहीबार दिउँसो चोहर्वातर्फ जाँदै गरेको ना ५ ख ५५१८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका अनुसार दुर्घटनामा सिरहा नगरपालिका–११ भलुवाहीका २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई एम्बुलेन्समा सिरहा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ