सिरहा, २३ कार्तिक । सिराहा प्रहरीलाई साइकल प्रदान गरिएको छ । सिराहा नगरपालिकाले गस्तीमा सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयलाई ११ थान साइकल प्रदान गरेको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले साइकल हस्तान्तरण गरे ।
साइकल हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, जिल्ला प्रहरी प्रमुख एसपी उमाशंकर पञ्जियारसहितको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया