सशस्त्र प्रहरी टोलीद्वारा भारतीय रुपैयाँ बरामद

समाचार

10/19/2020

महोत्तरी, ४ कात्तिक । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट सशस्त्र प्रहरीको टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथै भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले बोेकेको झोला फालेर फरार भएका थिए । उक्त झोलामा जाँच गर्दा उल्लेखित भारतीय रुपैयाँ फेला परेकोे सशस्त्र प्रहरीले जनाएको छ । बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ