सस्तोडिल डटकमको भारतीय ई–कमर्स कम्पनी फ्लिपकार्टसँग साझेदारी

समाचार

8/24/2020

काठमाडौं, ८ भाद्र । नेपालको ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई–कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन् ।

यससँगै फ्लिपकार्ट सस्तोडिलको माध्यमबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । सस्तोडिलले साझेदारी अन्तर्गत फ्लिपकार्ट बजारका भारतीय उत्पादनहरु (बच्चाका कपडाहरु, बच्चाका हेरचाहका सामाग्री, अडियो उपकरणहरु, पुरुष तथा महिलाका कपडाहरु, खेलका सामाग्री) नेपाली ग्राहकका लागि ल्याइनेछ ।

सस्तोडिलका सस्थापक सिइओ अमुन थापाले भने, ‘फ्लिपकार्टको निजी ब्रान्डको उत्पादनहरू पनि सस्तोडिलले देखाउनेछ । अब भारतिय उत्पादन पनि सस्तोडिलको माध्यमबाट अर्डर गरेको भोलिपल्ट नै उपलब्ध गराउनेछ ।’

पहिलो चरणमा सस्तोडिलले अगस्ट मध्यबाट फ्लिपकार्टको निजी ब्रान्ड जस्तै मार्क्यु जस्ता राम्रा र गुणस्तरीय सामाग्रीहरु प्रदर्शन गर्ने संस्थापक सिइओ थापाले बताए ।

समझदारी पश्चात फ्लिपकार्टका निजि ब्राण्डका उपाध्यक्ष देव अय्यरले भने, ‘फ्लिपकार्ट निजी ब्रान्डको पोर्टफोलियो सधैं उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्ने र उचित मुल्याकंन गर्नु हो । उपभोक्ताको चाहानालाई मध्यनजर गर्दै गुणस्तरिय उत्पादनलाई जोड दिँदै आफ्नो ब्रान्डलाई भारत बाहिरका बजारमा लैजानु नै हाम्रो लागि एक प्राकृतिक प्रकृया रहेको उनले बताए ।

नेपाल र भारतको उपभोक्ताहरूको प्राथमिकता मिल्दोजुल्दो छ । हामी विश्वस्त छौं नेपालमा पनि हाम्रो निजी ब्रान्डको मार्क्यू र स्मार्टबाईलाई सहजै अपनाउने छन् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ