संसदीय दलको विधान संशोधनका लागि जसपाले बनायो दुई सदस्यीय कार्यदल

समाचार

3/12/2021

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले विधान संशोधनका लागि दुई सदस्यीय कार्यदल बनाएको छ ।

शुक्रबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि दुई सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा अनिल झा र रामसहाय प्रसाद यादव रहेका छन् । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पाटीबीच एकता भए पनि संसदीय दलमा भने एकता भएको थिएन् ।

सोही एकतालाई टुंगो लगाउनका लागि विधान संशोधन कार्यदल बनाइएको हो । संसदीय दलको एकता नटुंगिँदा जसपाले अहिलेसम्म दलको नेता छनौट गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ